काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ। बैठकमा पार्टी सभापति गगनकुमार थापाले विशेष सम्बोधन गर्ने कार्यक्रम छ।
बैठक मंगलबार दिउँसो १ बजे ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बस्ने कांग्रेसले जनाएको छ।
बैठकको सुरुवातमा सभापति थापाले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन्।




















