काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (वालेन)ले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसँग जहाज भित्र खिचिएको तस्वीर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् ।
भारत भ्रमणका क्रममा खिचिएको उक्त तस्वीरसँगै प्रधानमन्त्री शाहले लेखेका छन्, ‘देश उँभो लाउने टोली ! निक्कै मिहिनेती मान्छेहरू !’
तस्वीरमा प्रधानमन्त्री शाहसँगै अर्थमन्त्री वाग्ले र परराष्ट्रमन्त्री खनाल जहाजभित्र उभिएको देखिन्छ ।
प्रधानमन्त्री शाहले यसअघि मन्त्रीहरू सुधन गुरुङ र सुनिल लम्सालसँगको तस्वीर सार्वजनिक गर्दै ‘देश बनाउने टोली’ भन्दै क्याप्सन लेखेका थिए ।
प्रधानमन्त्रीको पछिल्लो पोस्ट आएपछि अहिले उनको टोली थपिएको कि परिवर्तन भएको हो भन्दै सामाजिक सञ्जालमा चर्चा सुरु भएको छ ।




















