पुसको जाडोमा नेपथ्यको न्यानो
काठमाडौँ । पुसको जाडोमा नेपालको चर्चित साङ्गीतिक समूह नेपथ्य ब्यान्डले गए राति ८ बजेसम्म भृकुटीमण्डपमा काठमाडौँका दर्शकलाई आफ्नो साङ्गीतिक प्रस्तुतिले ततायो । मानवता प्रवद्र्धनका लागि महिना व्यापी चलेको ‘नेपथ्य लाइभ कन्सर्ट’अन्तर्गत काठमाडौँको यो यसपालिको अन्तिम वा १०औँ सङ्गीत यात्रा थियो ।