प्रधानमन्त्री बालेन्द्रले संसद्को रोष्ट्रमबाट राष्ट्रघाती र असत्य कुरा गरे : अध्यक्ष ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री बालेन्द्र शाहले संसद्को रोष्ट्रमबाट राष्ट्रहितविपरीत अभिव्यक्ति दिएको बताएका छन् । एमालेको ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ सम्बन्धी दुईदिने राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्दै ओलीले प्रधानमन्त्रीले संसद्मा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका