‘कृ’ निर्माता गिरी क्षतिपूर्ति दिन तयार !
गीत चोरीको आरोपमा मंगलबार पक्राउ परेका चलचित्र ‘कृ’ का निर्माता सुवास गिरीसँग निर्माता तथा निर्देशक शम्भु प्रधानले १५ लाख रुपैयाँ क्षतिपूर्ति मागेका छन् । निर्देशक प्रधानले आफ्नो पुरानो चलचित्र ‘सम्झना’को उकालीमा ‘अघिअघि’ गीत चोरिएको भन्दै प्रहरीमा जाहेरी दिएका थिए ।