गायिका तथा स्वास्थ्यकर्मी केशु गुरुङ मोडलका रुपमा देखिएकी छन् । पर्यटन क्षेत्रको प्रर्वद्धन हेतुले निर्माण गरिएको ‘मिर्लुङकोट’ बोलको स्वागत गीतका केशु आन्तरिक पर्यटकको भूमिकामा देखिएकी छन् । गुरुङ कला तथा सांस्कृतिक पहिचान बोकेको कौरा गीतमार्फत चर्चामा आएकी केशु पेसाले स्वास्थ्यकर्मी हुन् ।
रामकुमार गुरुङ र तारा सिरिषको स्वर रहेको यस स्वागत गीतमा केशुका अलावा आनन गुरुङ, सुजन गुरुङ र सिमा गुरुङको पनि अभिनय छ । भिडियोमा तनहुँको मिर्लुङ गाउँलाई आर्कषक रुपमा देखाइएको छ । यो भिडियो हेरेपछि जो–कोही एकपटक सो गाउँमा जाने इच्छा जाग्छ ।
https://www.youtube.com/watch?v=bmt0qqnPkkQ
यो गीत ‘मिर्लुङ’ एल्बममा संग्रहीत छ । प्रेम गुरुङको शब्दरचना रहेको यस गीतको भिडियोलाई निर्वाणा टिभीले सार्वजनिक गरेको हो । भिडियोमा छायांकन भेषराज गुरुङ र सन्तोष गुरुङ तथा सम्पादन विष्णुहरी तिमिल्सिनाले गरेका हुन् । यस भिडियोका लागि कोरियोग्राफी पर्सन गुरुङले गरेका छन् । यस भिडियोलाई निर्माण तथा निर्देशन प्रेम गुरुङले गरेका हुन् ।
केशु पछिल्लो समय आफ्नो पेसागत व्यस्ततासँगै कौरा गायनमा पनि व्यस्त छिन् । उनले यो साता पनि कौरा रेकर्डिङ गर्दैछिन् । केशु कार्यरत संस्था कम्युनिटी सर्पोट ग्रुपले एचआईभी एड्स ंसंक्रमितहरुको तथ्यांक लिनुका साथै उपचार सेवा प्रदान गर्दै आएको छ ।