सन् २०१८ मा १०० करोड क्लबमा इन्ट्रिी गर्ने दोस्रो फिल्म ‘सोनू के टीटू कि स्वीटी’ले कमाइमा रेकर्ड ब्रेक जारी राखेको छ । यस फिल्मको मुख्य अभिनेत्री नुसरत भरूचा अर्थात् फिल्मकी ‘स्वीटी’ सन् २०१८ मा दीपिका पादुकोणपछि १०० करोड क्लबमा इन्ट्रि गर्ने दोस्रो अभिनेत्री बनेकी छन् ।
यसलाई सबैले स्वीकारेका पनि छन् किनकि लव रञ्जनको फिल्म ‘सोनू के टीटू की स्वीटी’का लागि नुसरतले निकै मिहिनेत गरेकी छन् । र, मिहिनेतअनुसार उनको कामको तारिफ पनि बढ्दैछ । हुन त यसअघि रिलिज भएका उनका सिरिजहरुलाई पनि दर्शकले रुचाएका थिए ।
अभिनयलाई नुसरतले प्यासनका रुपमा लिँदै आएकी छन् । त्यसैले पनि उनले आफ्नो काममा मिहिनेत र संघर्ष गर्छिन् । यी अभिनेत्री भन्छिन्, ‘म सबै थोक गर्न चाहन्छु । म चाहन्छु कि एकदिनमा ४८ घण्टा र हप्तामा १४ दिन होस् ।’
नुसरत ‘सोनू के टीटू की स्वीटी’को सफलतापछि बलिउड सिनेमा उद्योगमा अब नयाँ र फरक रुपमा देखिन चाहन्छिन् । सन् २०१८ मा दीपिकापछि १०० करोड क्लबमा इन्ट्रि गर्ने नुसरत यङ अभिनेत्री हुन् । जसको यसअघि बलिउड ब्याग्रान्उड थिएन । नुसरत बिजनेस परिवारसँग सम्बन्धित छिन् । नुसरतले २००६ मा बलिउडमा डेब्यु गरेकी थिइन् ।
नुसरतका अनुसार बलिउडमा सबैभन्दा पहिले बलिउडमा उनको भेट निर्देशक लव रञ्जनसँग भएको थियो । त्यसबेला रञ्जनको फिल्म ‘यार का पंचना’मा काम गर्न उनी राजी थिइनन् । उनलाई लाग्थ्यो कि ‘मलाई नै किन फिल्ममा लिन खोजिँदैछ ।’ यी अभिनेत्रीले यसो पनि भनिन्, ‘मलाई उनको फिल्म राम्रो लाग्दैनथ्यो ।’ भनिन्छ, रिलिजको चौथो हप्तामा फिल्म ‘सोनू के टीटू की स्वीटी’ले १०२ दशमलव ५२ करोड कमाइ गरिसकेको छ ।