राजधानीमा आयोजित सौन्दर्य प्रतियोगिता ‘मिस ग्लोब इन्टरनेशनल–२०१८’को शीर्ष उपाधि क्रान्तिशिखा धितालले जितेकी छन् ।
स्टार इन्टरटेनमेन्टद्धारा आयोजित तेस्रो संस्करणको प्रतियोगितामा रोल्पाकी २१ वर्षीया क्रान्तिशिखाले शीर्ष उपाधिसँगै बेष्ट पर्सनालिटी पनि पाइन् ।
अश्विनी झाको कोरियोग्राफीमा आयोजित प्रतियोगितामा ललितपुर कुसुन्तीकी २१ बर्षिया ओसन प्रधान वेष्ट फिजिकसहित फष्ट रनर्सअप, बल्खुकी निर्जला अधिकारी बेष्ट वाक, मस्ट फोटोजेनिक र मिस ट्यालेन्टसहित सेकेण्ड रनर्सअप तथा रीना बोमजन मस्ट कन्फिडेन्टसहित थर्ड रनर्सअप भए ।
जमलस्थित राष्ट्रिय नाचघरमा भएको प्रतियोगितामा सानु परियार वेष्ट हेयर, सुरुची तामाङ बेष्ट स्किन, विनिता कुमारी ठाकुर बेष्ट फिटनेश, श्रृष्टि शर्मा मष्ट पे्रmण्डली, रिमा भट्टराई मिस कन्जिनियालीटी, श्वेता खनाल मष्ट डिसिप्लिन र मष्ट एक्टिभ, यमुना बिष्ट फेसबुक च्वाईस र भ्यूवर्स च्वाईस तथा अनुशा श्रेष्ठ बेस्ट डान्सर र मष्ट आईकोनिक आईज भए ।
विभिन्न मनोरञ्जक प्रस्तुतिका साथ सम्पन्न प्रतियोगितामा हिसानका अध्यक्ष तथा गोल्डेन गेट ईन्टरनेशनलका सिईओ रमेश सिलवाल, नायिका खुश्वु खड्का, मिसेस नेपाल ईन्टरनेशनल सुरुची पाण्डे, पत्रकार सुर्य चन्द र संगीतकार सरोज प्याकुरेल निर्णायक रहेका थिए । प्रतियोगिताकी आयोजक पुजा निरौलाले युवतीहरुको व्यक्तित्व र आत्मविश्वास अभिबृद्धीका लागि मिस ग्लोब इन्टरनेशनल आयोजना गरिएको बताइन् ।