लिम्बू अर्थात याक्थुङ समुदायको मौलिक बाजा ‘केः’मा आधारित चलचित्र निर्माण भएको छ । ‘केः’ अर्थात ‘च्याब्रुङ’लाई लिम्बू समुदायले राष्ट्रिय बाजाको रुपमा लिने गरेका छन् । यसैलाई अझ प्रवद्र्धन गर्ने हेतुले चलचित्र ‘केः’ निर्माण गरिएको निर्माणपक्षको भनाइ छ ।
चलचित्र ‘केः’को पाँचथरको विभिन्न स्थानमा छयांकन छायांकन गरिएको छ । सागर केरुङको लेखन तथा निर्देशन रहेको यस लिम्बू मौलिक चलचित्रको निर्माता टाइसन केरुङ रहेका छन् भने प्रस्तुतकर्ता बुद्धिराज लिम्बू रहेका छन् ।
यस चलत्रिमा गायिका सुनिता सुब्बाले स्वर दिएकी छन् । चलचित्र ‘केः’मा संगीत प्रेम पन्दाक, छायांकन सञ्जय आचार्य, ड्रोन अपरेटर मेगराज मगराती, शृंगार अनुपा नेम्बाङ, सहायक निर्देशक सन्देश सुब्बा र मुख्य साहायक निर्देशक डीआर हाङसरुम्बा रहेका छन् ।
माता पाथिभरा फिल्म प्रालिको ब्यानरमा निर्मित यस चलचित्रमा मधु केरुङ, बबिता फोम्बो, रुपा आङबुहाङ, प्रेम ओझा, मनकुमार केरुङ, सुक्मिता केरुङ, सुदर्शन थेबे, कमल घिमिरे, अप्सरा न्यौपाने, संघर्ष खतिवडा, संगीता लावती, दिपक खनाललगायतका कलाकारले अभिनय गरेका छन् । यस चलचित्रलाई आउँदो जेठ रिलिज गर्ने लक्ष्य लिएको निर्माणपक्षले जनाएको छ ।