बलिउड अभिनेत्री रानी मुखर्जीको ४०औं जन्मदिनको अवसरमा उनको फिल्म ‘हिचकी’ रिलीज हुँदैछ । चार वर्षयता रानीको कुनै फिल्म रिलीज भएको छैन । आफ्नोे जन्मदिनको अवसरमा रानीले एक पत्र लेख्दै आफ्नो भावना पोखेकी छन् ।
पत्रमा रानीले ‘एक महिला भएको नाताले भेदभावपूर्ण रूढीÞवादी सोचबाट संघर्ष गरिरहेको’ बताएकी छन् । उनले बलिउडमा अन्य महिला कलाकारले पनि त्यस्तै समस्याको सामना गरिरहेको बताएकी छन् ।
करिअरको शुरुआती दिनमा आफ्नो स्वलाई सबैले मन नपराएको बताउँदै रानीले पत्रमा उल्लेख गरेकी छन्, ‘करिअरको दौरानमा स्वरकै कारण थुपै्र फिल्म छुट्यो ।’ उनले एक फिल्ममा अभिनेता आमिर खानले समेत आफ्नो स्वर मन नपराएको बताएकी छन् । उनले भनेकी छन्, ‘तर पछि उहाँले म सँग माफी माग्नु भयो ।’
उनले भनेकी छन्, ‘एक अभिनेत्रीमाथि सबैको नजरपर्छ । त्यसमा उनको लुक, आवाज, नृत्य कौशललाई पनि हेरिएको हुन्छ ।’ रानीले भारतीको रुढिवादी संस्कृतिका बाबजुद पनि आफू अगाडि बढिरहेको बताएकी छन् ।
रानीले भनिन्, ‘म आफ्नो बाचा पूरा गर्छु, म काम गर्ने मान्छे हुँ । तर, रुढिवादी सोचकै कारण यहाँ धेरै महिला कलाकार पीडित छन् ।’