सबै भाषा, धर्म र संस्कृतिको संरक्षणमा राष्ट्रपतिको जोड
–गोविन्द लामिछाने इलाम, राष्ट्रपति विद्यादेवी भण्डारीले बहुभाषिक, बहुधार्मिक, बहुजातीय मुलुक नेपालका सबै भाषा, धर्म र संस्कृतिको संरक्षण र संवद्र्धन हुनुपर्ने बताउनुभएको छ । स्थानयि चुलाचुली गाउँपालिका–१ कमलमा रहेको महागुरू फाल्गुनन्द बहुभाषिक पाठशालाको दोस्रो वार्षिक उत्सवको उद्घाटनका अवसरमा नुमाङ्गेना सेवा संघको