विराटनगर । प्रदेश १ मा नेकपा एमालेका १० जना सांसदहरु नेकपा एकीकृत समाजवादी पार्टीमा गएका छन् ।
नेकपा एमाले छाडेर माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टी रोज्नेहरुमा राजेन्द्र राई, राजन राई, उपेन्द्र घिमिरे, सावित्रा रेग्मी, खिनु लङ्वा लिम्बू, गणेश काङ्माङ, कृष्णकुमारी राई, पदमकुमारी गुरुङ, सुनिता चौधरी र सरिता थापा छन् ।
उनीहरुले प्रदेश निर्वाचन आयोगको कार्यालयमा पुगेर सनाखत गर्ने क्रम जारी छ । सात जनाको सनाखत भएको छ । तीन जनाको सनाखत बाँकी छ । सांसद राजेन्द्र राईले १० जनाले एकीकृत समाजवादी रोजेको जानकारी दिनुभयो । उपेन्द्र घिमिरे, कृष्णकुमारी राई र राजेन्द्र राईले सनाखत गर्न बाँकी छ ।