काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले राजनीतिलाई कुबाटोबाट हिँडाउन खोजिएको आरोप लगाउनुभएको छ ।
नेकपा एमाले झापा काठमाडौं सम्पर्क मञ्चले मंगलबार काठमाडौंमा गरेको कार्यक्रममा ओलले स्वार्थहरुका पोका एक ठाउँ भेला पारेर अहिलेको सरकार गठन गरिएको र राजनीतिलाई पनि कुबाटोबाट हिँडाउन खोजिएको आरोप लगाउनुभएको हो ।
ओलीले अहिले शेरबहादुर देउवा नेतृत्वको सरकार र कुवाटोमा गाडी कुदाउने ड्राइभर उस्तै भएको तर्क गर्नुभयो । त्यस्तै ओलीले अहिलेका सभामुख राजमार्गबाट हिँड्न नमानेको जिकिर गर्दै निर्वाचन आयोगले पनि सडक छाड्न खोजेको बताउनुभयो ।
उहाँले पछिल्लो समय अदालतले बाटो बिराउदै गएको उल्लेख गर्नुभयो । उहाँले गठबन्धनको गठजोड चुनावमा गएपछि देखिने बताउनुभयो । अहिले मुलुकमा अलोकतान्त्रीक जस्तो अभ्यास भइरहेकाले चिन्ताका बिषय भएको उहाको भनाई छ ।
कार्यक्रममा सि डिभिजन छनौट खेल्न आएका झापाका फुटबल टिमलाई आर्थिक सहयोग गरिएको थियो ।