काठमाडौं । नेकपा एमालेका नेता एवं सांसद महेश बस्नेतले एमालेले १४ सांसदलाई कारवाहीको सिफारिस गरेकोमा सभामुखले बिभिन्न जाल–झेल गरेर कारवाही नगर्ने निर्णय गरेको आरोप लगाउनु भएको छ ।
सोमबार भक्तपुरस्थीत रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता बस्नेतले नेपाली संसदको उपहास गर्दै सभामुख अग्नी सापकोटाले बिगतको गुरिल्ला शैलीमा झै छुट्टै सरकार र संसद झल्को दिने गरि एमालेले १४ सांसदलाई कारवाही नगर्ने निर्णय गरेको आरोप लगाउनु भएको हो ।
नेता बस्नेतले वर्तमान सरकारलाई सुरुवातमै कुपोषण लागेको समेत आरोप लगाउनु भयो । वर्तमान सरकारमा सामेल दलहरुले संविधानभन्दा माथि गएर काम गरेको र अध्यादेशबाटै संसदलाई निरन्तरता दिने प्रक्रियाका साथै एमाले फुटाउने अभियानमा मात्र केन्द्रित भएकाले सरकारले पूर्णता पाउन नसक्नु कुपोषणको लक्षण भएको बस्नेतले बताउनुभयो ।
वर्तमान अवस्थामा राष्ट्रिय सहमतिको सरकार निर्माण गरि मितब्ययी रुपमा तीनै तहको निर्वाचन एकै समयमा गर्नु नै अन्तिम बिकल्प रहेको बस्नेतको भनाई छ ।
उहाँले संविधान मिचेर अनेका खालका अध्यादेश ल्याएर निर्वाचनलाई पछि धकेल्दै संसदमा सांसदबीच फोहोरी खेल खेल्दै एमालेलाई कमजोर बनाउने सपना नदेख्न चेतावनी दिनु भएको छ ।
https://youtu.be/QKgtIksS5JQ
























