काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्।
शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा मुलुकको समसामयिक राजनीतिक तथा अन्य विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।
यसअघि बिहीबार सभापति लामिछानेले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गरेका थिए। उक्त भेटमा प्रधानमन्त्री शाहको भारतको औपचारिक भ्रमणलगायत समसामयिक विषयमा छलफल भएको थियो।
प्रधानमन्त्री शाहसँगको भेटको भोलिपल्टै लामिछानेले राष्ट्रपतिसँग भेट गरेका हुन्।




















