देउवा दम्पतीमाथि निवासमै आक्रमण
काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी श्रीमती आरजु देउवा राणामाथि बूढानीकण्ठस्थित निवासमा प्रदर्शनकारीहरूले आक्रमण गरेका छन् । उनीहरूमाथि आक्रमण भएको भिडिओ सामाजिक सञ्जालमा फैलिएको छ । भिडिओमा देखिएअनुसार देउवा रक्ताम्य भएका छन् भने आरजुमाथि लछारपछार भएको देखिन्छ ।