काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको महाधिवेशन निर्धारित समयमै हुने स्पष्ट पारेका छन् ।
चितवनमा पत्रकारहरूसँग कुरा गर्दै सभापति देउवाले महाधिवेशन सारिने भन्ने हल्लामा कुनै सत्यता नरहेको बताए ।
साथै उनले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको नाम जोडिएको विषय पनि निराधार भएको दोहोर्याए । ‘कहाँबाट हुनु नि ? बेकारका झूटा कुरा हुन्,’ देउवाको भनाइ थियो ।
























