काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी श्रीमती आरजु देउवा राणामाथि बूढानीकण्ठस्थित निवासमा प्रदर्शनकारीहरूले आक्रमण गरेका छन् ।
उनीहरूमाथि आक्रमण भएको भिडिओ सामाजिक सञ्जालमा फैलिएको छ । भिडिओमा देखिएअनुसार देउवा रक्ताम्य भएका छन् भने आरजुमाथि लछारपछार भएको देखिन्छ ।
देउवाले अस्पताल हैन प्रहरीलाई जिम्मा लगाउन आग्रह गरेका छन् । तर भिडिओमा देउवामाथि एक युवाले तथानाम गाली गरेको पनि सुनिन्छ । उनीहरूलाई हेलिकोप्टरले उद्धार गर्न खोज्दा अवतरण हुन नसकेको बताइएको छ ।



















