काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गृहमन्त्री रमेश लेखकलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्न बालुवाटार गएका छन् ।
गृहमन्त्री लेखकको राजीनामाको माग गर्दै विपक्षी दलहरूले संसद अवरोध गरिरहेका बेला प्रधानमन्त्री ओलीसँग देउवा र गृहमन्त्री लेखकको छलफल चलिरहेको बालुवाटार स्रोतले जनाएको छ ।
विपक्षीको अवरोधकै कारण हिजो अर्थमन्त्रीले आर्थिक सर्वेक्षणसमेत संसदमा प्रस्तुत गर्न सकेनन् भने भोलि संघीय संसदको संयुक्त सदनमा बजेट प्रस्तुत गर्नुपर्ने सम्वैधानिक वाध्यता छ।
गृहमन्त्री लेखकका निकस्थ उच्च अधिकारीहरू भिजिट भिसा प्रकरणमा अनुसन्धानमा तानिएपछि त्यसमा नैतिकताका आधारमा उनले राजीनामा दिनुपर्ने र स्वतन्त्र छानबिनका लागि सघाउनुपर्ने प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र, रास्वपा, राप्रपालगायतको माग छ ।
नेपाली कांग्रेसले मातहत कर्मचारी अनुसन्धानमा तानिँदैमा मन्त्रीले राजीनामा दिनु नपर्ने निष्कर्ष निकालेको छ भने वरिष्ठ अधिवक्ता रामनारायण विडारीले पनि अख्तियारले वयानका लागि नबोलाएसम्म गृहमन्त्री लेखकले राजीनामा दिनु नपर्ने बताएका छन् ।
























