काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा उच्चस्तरीय राजनीतिक छलफल जारी छ ।
छलफलमा गृहमन्त्री रमेश लेखक, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, एमाले महासचिव शंकर पोखरेल तथा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालसमेत सहभागी छन् ।
करिब एक घण्टादेखि सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच छलफल चलिरहेको हो । नेपाली कांग्रेसको आन्तरिक बैठक सकिएलगत्तै सभापति देउवा प्रधानमन्त्रीसँग छलफल गर्न बालुवाटार पुगेका थिए ।
बालुवाटार स्रोतका अनुसार नेताहरूबीच समसामयिक राजनीतिक अवस्था, हालै देशभरि आएको बाढी, पहिरो र डुबानका घटनाबाट भएको क्षति, राहत तथा उद्धारको अवस्थाबारे विस्तृत छलफल भइरहेको छ ।
छलफलको निष्कर्षबारे औपचारिक जानकारी भने आउन बाँकी छ ।
























