चुनावी हारपछि प्रचण्ड–माधवलाई राजीनामा दिन युवाको दबाब, तेस्रो पुस्तालाई नेतृत्व दिन माग
काठमाडौं । नेकपाभित्र चुनावी पराजयपछि नेतृत्व परिवर्तनको आवाज चर्किएको छ। पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव कुमार नेपाललाई जिम्मेवारी लिएर पद त्याग गर्न युवा नेताहरूले माग गरेका छन्। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जनसंगठनका इन्चार्ज तथा पदाधिकारीहरूसँग भएको छलफलमा