शिक्षक महासंघद्वारा कांग्रेस पार्टी कार्यालयमा धर्ना, शिक्षा विधेयक संशोधनको माग
काठमाडौं । नेपाल शिक्षक महासंघले आज नेपाली कांग्रेसको सानेपास्थित केन्द्रीय कार्यालयमा धर्ना दिएको छ । शिक्षा विधेयकसम्बन्धी मागहरूलाई लिएर पहिलो चरणको आन्दोलन अन्तर्गत आयोजित यो धर्ना कार्यक्रम दिउँसो २ बजेसम्म चल्नेछ। धर्नाका क्रममा महासंघले कांग्रेसलाई ध्यानाकर्षण पत्र समेत बुझाएको छ।