कांग्रेस संसदीय दलको नेता चयन सोमबार, सहमति नभए निर्वाचनमा जाने
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सोमबार संसदीय दलको नेता चयन गर्ने भएको छ । आइतबार दिउँसो सिंहदरबारस्थित दलको कार्यालयमा सांसदहरूले त्यसबारे छलफल गरेका छन् । छलफलबाट सम्भव भएसम्म सोमबार सर्वसम्मतिबाट नभए निर्वाचन प्रकृयाबाट दलको नेता चयन गरिने भएको हो