काठमाडौं । प्रतिनिधिसभाको बिहीबारको बैठकमा विपक्षी दलहरूले अवरोध गरेका छन् ।
सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री, गृहमन्त्री तथा नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमलाई विधेयक प्रस्तुत गर्न समय दिएका थिए ।
मन्त्री गौतमलाई बोल्न समय दिइएलगत्तै विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएका हुन् ।
बैठकमा उत्पन्न अवरोधपछि सभामुख अर्यालले विपक्षी दलहरूलाई आफ्नो धारणा राख्न समय दिएका थिए । विपक्षीहरुले प्रधानमन्त्री आफै संसदमा आउनु पर्ने र विधेयक प्रस्तुत गर्नुका साथै सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिनुपर्ने माग गर्दै संसद अवरोध गरेका हुन ।




















