काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओली निवासमा सुरु भएको छ।
बैठकको मुख्य एजेन्डा पार्टी पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको कार्यविभाजन रहेको एमालेले जनाएको छ। यसअघि सोमबार बसेको सचिवालय बैठकमा अध्यक्ष ओलीले कार्यविभाजनसम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए।
उक्त प्रस्तावमाथि आज विस्तृत छलफल गरी आवश्यक निर्णय लिने तयारी गरिएको बताइएको छ। एमालेले संगठनलाई थप प्रभावकारी र व्यवस्थित बनाउन कार्यविभाजनलाई प्राथमिकतामा राखेको जनाएको छ।



















