काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले विपक्षी दलहरूको विरोधकाबीच प्रतिनिधिसभाको बैठक अघि बढाएका छन् ।
विपक्षी दलहरुले प्रधानमन्त्री बालेन्द्र शाह संसदमा उपस्थित भएर सांसदहरुको प्रश्नको जवाफ दिनुपर्ने माग गर्दै संसद अवरुद्ध गरेपछि वैठक१५ मिनेटका लागि स्थगित गरेर सभामुख अर्याल प्रधनमन्त्रीलाइ भेट्न गएको थिए । भेटवार्ता गरेर फर्किएपछि विपक्षीहरुको विरोधकाबीच सभामुख अर्यालले सदन सञ्चालनलाई निरन्तरता दिएका हुन् ।
बैठकमा प्रधानमन्त्री शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमलाई ‘प्रतिनिधिसभा निर्वाचन (पहिलो संशोधन) विधेयक’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्न समय दिइएको थियो।
मन्त्री गौतमले प्रस्ताव प्रस्तुत गरिरहँदा विपक्षी दलका सांसदहरूले नाराबाजी जारी राखेका थिए। प्रधानमन्त्री शाहको राजीनामा माग गर्दै विपक्षी सांसदहरूले प्रतिनिधिसभाको ‘वेल’ घेराउसमेत गरेका छन्।
विरोधका बाबजुद सभामुख अर्यालले बैठक अघि बढाएपछि सदनमा केही समय तनावपूर्ण अवस्था सिर्जना भएको थियो।




















