‘कुलिङ पिरियड’ मा ‘बाहेक’ राख्नेमाथि छानविन हुनुपर्छ, म दोषी देखिए कारबाही भोग्न तयार छु : सभापति खतिवडा
काठमाडौं । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संघीय निजामती सेवा विधेयकमा ‘कुलिङ पिरियड’ प्रावधानमा गरिएको हेरफेरबारे गम्भीर छानबिन हुनुपर्ने बताएका छन् । सभामुख देवराज घिमिरेसँगको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै खतिवडाले विधेयकमा ‘बाहेक’ शब्द कसरी थपियो