काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीको एकता राष्ट्रिय सम्मेलन जारी छ । नेकपा (माओवादी केन्द्र), नेकपा एकीकृत समाजवादीसहितका विभिन्न १० वटा कम्युनिस्ट घटकहरूबीच एकता घोषणा सम्मेलन काठमाडौँको भृकुटीमण्डपमा जार छ । सवै घटकहरुको एकतापछिको नाम नेपाली कम्युनिस्ट पार्टी रहने भएको छ ।
सम्मेलनमा पार्टीका शीर्ष नेताहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाललगायतका नेताहरुले संयुक्त रुपमा रिमोर्ट थिचेर सम्मेलनको औपचारिक उद्घाटन गरेका छन् ।
सम्मेलनमा पार्टीको विधान, केन्द्रीय समिति तय गर्ने र निर्वाचन आयोगमा दल दर्ताका लागि आवश्यक निर्णय लिने एजेन्डा तय गरिएको छ ।
सम्मेलनलाई शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ ।
एकतामा सहभागि नह्ने अडानमा रहेका नेकपा एसका सम्मानित नेता झलनाथ खनाल पनि अन्तत: सहभागी भएका छन् । माओवादीसँग एकता गर्ने निर्णयमा असहमति जनाउँदै खनालले आफ्नै नेतृत्वमा पार्टी पुनर्गठन गर्ने घोषणा गरेका थिए ।
एकता सभा हुनुअघि प्रचण्ड र माधव नेपालसँगको वार्ता पछि खनाल सहमत भएपनि महासचिव घनश्याम भुसालले बिहानको वार्ता गरेपनि एकता प्रक्रियामा सहभागी भएनन् । भुसालले यो एकताको अर्थ नभएको बताएका छन् । उनले भनेका छन् – “मैले एकताको लागि बनेको दस्तावेज पढेँ, त्यो दस्तावेजले मुलुकमा आएका यथार्थपरक परिवर्तनहरूलाई नजरअन्दाज गरेको छ । यस्तो एकताले जनतालाई झुक्याउने, झुट बोल्ने र धोका दिने काम मात्र गर्छ ।”
खनालले हिजो साँझ गुण्डु पुगेर एमाले अध्यक्ष केपी ओलीसँग पनि पनि भेटवार्ता गरेका थिए ।

























