निर्वाचन आयोगले गलत निर्णय गरे देशव्यापी आन्दोलनमा जान्छौँ : पूर्णबहादुर खड्का
काठमाडौँ । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको आधिकारिकताका विषयमा निर्वाचन आयोगले गलत वा षड्यन्त्रपूर्ण निर्णय गरे देशव्यापी आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्। शुक्रबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा खड्काले कांग्रेसको आधिकारिकताबारे अन्यथा निर्णय नगर्न निर्वाचन आयोगलाई