कांग्रेस सभापति थापालाई सुजाता कोइरालाको साथ
काठमाडौं नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापालाई बधाइ तथा शुभकामना दिएकी छिन् । उनले आज सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो सन्देश जारी गर्दै पार्टी नफुटेको भन्दै कांग्रेसमा जनचाहना बमोजिम परिवर्तन आएको उल्लेख गरेकी छिन् ।