काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दलित क्लस्टरबाट सहमहामन्त्रीमा प्रकाश रसाइली (स्नेही) र आदिवासी जनजाति क्लस्टरबाट बहादुरसिंह लामा निर्वाचित भएका छन्।
केन्द्रीय निर्वाचन समितिका अनुसार दलित सहमहामन्त्रीमा निर्वाचित स्नेहीले ४ हजार ८२१ मत प्राप्त गरे। उनका निकटतम प्रतिस्पर्धी मानबहादुर नेपालीले १ हजार १२१ र नरेन्द्र पासवानले ७९६ मत पाए।
त्यस्तै, आदिवासी जनजातितर्फ सहमहामन्त्रीमा निर्वाचित बागमती प्रदेशका पूर्वमुख्यमन्त्री लामाले ३ हजार २४५ मत प्राप्त गरे। उनका प्रतिस्पर्धी ओमबहादुर घर्ती मगरले १ हजार ४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत प्राप्त गरे।
जनजाति महिलातर्फ आठ जना निर्वाचित
आदिवासी जनजाति महिलातर्फको केन्द्रीय सदस्यमा गीता गुरुङ, डा. गंगालक्ष्मी अवाल, रेणुका काउचा मगर, सपनाराज भण्डारी जोशी, सीताकुमारी राना मगर, प्रमिला राई, लिलादेवी बोखिम लिम्बू र पुनम लामा निर्वाचित भएका छन्।
निर्वाचन समितिका अनुसार गीता गुरुङले २ हजार ८५९, डा. अवालले २ हजार ७६८, काउचा मगरले २ हजार ३९२, भण्डारी जोशीले २ हजार ३५१, राना मगरले २ हजार १३२, राईले २ हजार २०, बोखिम लिम्बूले १ हजार ६८१ र लामाले १ हजार ६३६ मत प्राप्त गरे।
जनजाति पुरुषतर्फ १२ जना निर्वाचित
आदिवासी जनजाति पुरुषतर्फ केन्द्रीय सदस्यमा १२ जना निर्वाचित भएका छन्। निर्वाचित हुनेमा तीर्थ लामा, इन्जिनियर अनुप श्रेष्ठ, डा. प्रेमध्वज लामा, कर्मा छेरिङ शेर्पा, टेकप्रसाद गुरुङ, भीम श्रीस मगर, रामकृष्ण चित्रकार, बुद्ध लामा, गेल्जे लामा शेर्पा, वंशलाल तामाङ, अमृत गुरुङ र सुशील गुरुङ छन्।
निर्वाचन समितिका अनुसार तीर्थ लामाले ४ हजार ४२५, अनुप श्रेष्ठले २ हजार ५५१, डा. प्रेमध्वज लामाले २ हजार ५०५, कर्मा छेरिङ शेर्पाले २ हजार ४०६, टेकप्रसाद गुरुङले २ हजार ९० र भीम श्रीस मगरले २ हजार ४६ मत प्राप्त गरे।
त्यस्तै, रामकृष्ण चित्रकारले १ हजार ९८२, बुद्ध लामाले १ हजार ९५६, गेल्जे लामा शेर्पाले १ हजार ८१९, वंशलाल तामाङले १ हजार ७५६, अमृत गुरुङले १ हजार ६८९ र सुशील गुरुङले १ हजार ६४४ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ।


















