काठमाडौँ । विभिन्न १३ देशका लागि प्रस्तावित नेपाली राजदूतमध्ये १० जनाको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ।
समितिबाट भारत, चीन, अमेरिका, बेलायत, जर्मनी, इजरायल, ओमान, दक्षिण कोरिया, स्पेन र श्रीलङ्काका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन भएको हो।
बाँकी तीन देश मलेसिया, जापान र साउदी अरबका लागि प्रस्तावित राजदूतको नामबारे भने समितिको निर्णय सार्वजनिक भएको छैन।
मलेसियाका लागि चूडामणि खरेल, जापानका लागि जिज्ञानकुमार थापा र साउदी अरबका लागि गिरीबहादुर सुनारको नाम अनुमोदन भए–नभएको विषयमा समितिले निर्णय सुनाउन बाँकी रहेको जनाइएको छ।
संसदीय समितिबाट अनुमोदन भएकाहरू–
डा. निश्चलनाथ पाण्डे भारत
कल्याणराज शर्मा, चीन
चिरनजंग थापा, अमेरिका
गौरवशमशेर जबरा, बेलायत
सरु जोशी, जर्मनी
सुरेश कुमार कर्ण, इजरायल
पद्माक्षी राणा, ओमान
संगम श्रेष्ठ, दक्षिण कोरिया
प्राप्ति शेरचन, स्पेन
डा. मञ्चला झा, श्रीलंका



















