श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रामिक ४० प्रतिशतले बृद्धि गर्न सिफारिस
काठमाडौं । न्यूनतम पारिश्रमिक निर्धारण समितिले श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रामिक बृद्धि गर्न सरकारसमक्ष सिफारिस गरेको छ । आइतबार सिंहदरबारमा समितिले सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई प्रतिवेदन बुझाउदै श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रामिक ४० प्रतिशतले बृद्धि गर्न सिफारिस गरेको हो ।