शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा : मन्त्री पोखरेल
काठमाडौँ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा विधेयकलाई सरकारले पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन्। उनले विधेयक निर्माण प्रक्रिया पारदर्शी, सहभागितामूलक र विद्यार्थीमैत्री बनाइने प्रतिबद्धता व्यक्त गरे। शिक्षा मन्त्रालयले सोमबार आयोजना गरेको विद्यालय शिक्षा विधेयकसम्बन्धी सरोकारवालासँगको परामर्श गोष्ठीमा