काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा बसमा आगलागी हुँदा चालक घाइते भएका छन्।
ऋद्धिसिद्धी यातायातको बस त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि रहेको बस बिसौनीमा पुगेका बेला अचानक आगलागी भएको हो।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी नरेशराज सुवेदीका अनुसार आगलागीमा बस चालक गम्भीर घाइते भएका छन्। उनलाई उपचारका लागि वीर अस्पताल लगिएको छ।
आगलागीबाट भएको अन्य क्षतिको विवरण भने यकिन भइसकेको छैन। बसमा आगलागी हुनुको कारणबारे अनुसन्धान भइरहेको एसपी सुवेदीले जानकारी दिए।



















