ललितपुर । निर्वाचन आयोगले नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमिति र संशोधित विधानको विवरण आफ्नो अभिलेखमा अद्यावधिक गरेको छ ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले विवरण अद्यावधिक गरिएको जानकारीसहितको पत्र पार्टीलाई पठाइएको बताए । गत असोज १८ देखि २३ गतेसम्म काठमाडौँमा सम्पन्न महाधिवेशनबाट सभापतिमा गगनकुमार थापा, वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा, उपसभापतिमा चन्द्रकान्त भण्डारी, मधु आचार्य, विनोदकुमार चौधरी, महामन्त्रीमा प्रदीप पौडेल, डिला पन्त सङ्ग्रौला र उदयशमशेर राणा निर्वाचित भएका थिए ।
पार्टीका महामन्त्री प्रदीप पौडेलले निर्वाचित पदाधिकारी तथा सदस्यहरूको विवरण, संशोधित विधान, राजनीतिक दस्तावेज र महाधिवेशनका निर्णय अद्यावधिक गर्न कात्तिक १६ गते आयोगमा निवेदन दिएका थिए ।




















