त्रिशूली नदीमा आएको बाढीले धादिङका तीनवटा पुल बगाउँदा सदरमुकामसँगको आवागमन ठप्प
धादिङ । रसुवातर्फबाट त्रिशूली नदीमा आएको बाढीले धादिङका तीनवटा मोटरेबल पुल बगाएपछि ग्रामीण क्षेत्रको सडक सम्पर्क प्रभावित भएको छ। बाढीले गजुरी गाउँपालिका-२ र सिद्धलेक गाउँपालिका-६ जोड्ने फुर्केखोला पुल, गजुरी-५ र सिद्धलेक-७ जोड्ने घाटबेसी पुल तथा गजुरी-६ र सिद्धलेक-७ जोड्ने जरेखेत