काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा आजदेखि राहदानी सेवा सुरु
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले आजदेखि राहदानी आवेदनसम्बन्धी सेवा सुरु गर्न लागेको जनाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले एक सूचना प्रकाशित गरी राहदानी आवेदनसम्बन्धी सेवा आज बिहान ७:०० बजेदेखि साँझ ७:०० बजेसम्म दुई सिफ्टमा सञ्चालन हुने जनाएको हो