काठमाडौं । राष्ट्रिय महिला आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेको छ।
बुधबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित कार्यक्रममा आयोगका अध्यक्ष कमला पराजुलीले वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गरेकी हुन्।
प्रतिवेदनमा आयोगले आर्थिक वर्ष २०८२/८३ मा गरेका काम, गतिविधि तथा महिला अधिकार र लैंगिक समानताका क्षेत्रमा भएका प्रगतिलगायतका विषय समेटिएका छन्।




















