धादिङ । धादिङको गजुरी–६ मा पहिरोले बिजुलीको पोल ढालेपछि मुग्लिन–काठमाडौं सडक पूर्णरूपमा अवरुद्ध भएको छ।
प्रहरीका अनुसार बिहीबार साँझ करिब ६:३० बजे सडकनजिक पहिरो खस्दा बिजुलीको पोलसमेत ढलेर सडकमा आएको हो । पोल र पहिरोका कारण सडकमा सवारीसाधन सञ्चालन हुन नसक्दा दुवैतर्फ यातायात ठप्प भएको छ।
प्रहरीले सम्बन्धित विद्युत् प्राधिकरणलाई जानकारी गराएको छ । सडकमा खसेको पहिरो पन्छाउने तथा ढलेको विद्युत् पोल हटाउने तयारी भइरहेको प्रहरीले जनाएको छ। सडक अवरुद्ध भएपछि मुग्लिन र काठमाडौं दुवैतर्फ जाने तथा आउने सवारीसाधन रोकिएका छन्। सडक खुलाउन दुईवटा डोजर परिचालन गरिएको छ।




















