नवौं राष्ट्रिय खेलकुदः भारोत्तोलनमा तारादेवीलाई स्वर्ण
पोखरा । राष्ट्रिय कीर्तिमानसहित तारादेवी पुनले नवौं राष्ट्रिय खेलकुदको भारोत्तोलनमा स्वर्ण पदक जितेकी छिन् । पोखरा उद्योग वाणिज्य संघको हलमा जारी प्रतियोगिताको तेस्रो दिन महिला ८१ केजी तौल समूहमा ताराले स्न्याच, क्लिन एण्ड जर्क र कुलमा तीनवटा राष्ट्रिय कीर्तिमान बनाइन् ।