काठमाडौं । नेपाल टी २० लिगमा पोखरा एभेन्जर्सले शुक्रबार पहिलो जित निकालेको छ । सुरुआती पाँच खेलमा पराजित पोखराले शुक्रबार फार वेस्टर्न युनाइटेडलाई तीन विकेटले पराजित गर्यो। त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको फार वेस्टले ९ विकेटको क्षतिमा एक सय ८७ रनको योगफल खडा गरेको थियो ।
जवाफी ब्याटिङमा उत्रिएको पोखराले १९.१ ओभरमा सात विकेट गुमाएर एक सय ८८ रनको लक्ष्य पूरा गर्यो ।
शुक्रबार भएको पहिलो खेलमा लुम्बनी अल स्टार्सले काठमाडौं नाइट्सलाई ३५ रनले पराजित गरेको थियो ।
पहिलो खेलमा काठमाडौं नाइट्ससँग, जनकपुर रोयल्ससँग, लुम्बिनीसँग र दुई पटक विराटनगर सुपर किङ्ग्ससँग पराजित भएको थियो। फार वेस्टको पाँच खेलमा यो चौथो हार हो ।
यसअघि लुम्बिनीसँग दुई पटक र जनकपुरसँग फार वेस्ट पराजित भएको थियो ।