नयाँ दल खोल्ने जेनजी अभियन्ता मिराज ढुंगानाको घोषणा, बटमलाइन प्रत्यक्ष निर्वाचित कार्यकारी
काठमाडौं । जेनजी अभियन्ता मिराज ढुंगानाले नयाँ राजनीतिक दल खोल्ने घोषणा गरेका छन्। राजधानीको एभरेष्ट होटलमा आज पत्रकार सम्मेलनको आयोजना गरी ढुंगानाले राजनीतिक दल खोलेर अघि बढ्न लागेको बताएका हुन्। उनले दल खोल्नुको अर्थ निर्वाचनमा जानु मात्र नभएको उल्लेख गरे।