काठमाडौं । नेकपा एमालेले २२ बुँदे समसामयिक प्रस्ताव पारित गरेको छ। यही असोज २९–३१ गतेदेखि सुरु भएको केन्द्रीय कमिटीको दसौँ पूर्ण बैठकले २२ बुँदे समसामयिक प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो।
बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीको ‘मुलुकको राजनीतिक परिस्थिति र हाम्रो नीति सम्बन्धी विशेष प्रस्ताव’ सुझावसहित सर्वसम्मतिले पारित गरेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
यस्तै बैठकले पार्टीको आगामी महाधिवेशन आगामी मंसिर २७–२९ गते पोखरामा गर्ने निर्णय गरिएको छ।
बैठकमा उपस्थित केन्द्रीय कमिटी, पोलिटब्युरो सदस्य, स्थायी कमिटी सदस्य, केन्द्रीय सचिवालयसम्बद्ध केन्द्रीय पदाधिकारीले आफ्नो सुझावसहितको मन्तव्य राखेका थिए ।

























