काठमाडौं । जेनजी आन्दोलनको विषयलाई लिएर सामाजिक अभियान्ता इशान अधिकारीले (ईः ईः) ले काठमाडौं महानगरका मेयर बालेन शाह (बालेन्द्र)प्रति गम्भीर आरोप लगाएका छन्। सडकमा पहिलो पटक आएका विद्यार्थी र युवालाई अगाडि सारेर पछाडिबाट उक्साउने र ढुङ्गा बर्साउन मेयर नआएपनि प्रतिनिधिले आन्दोलनको कमाण्ड गरेको उनको दाबी छ।
ई: ले प्रधानमन्त्रीको राजीनामा नआएसम्म सेनाको हेलिकप्टर बालुवाटार नलगेँझै बालेनले पनि ध्वस्त हुन्जेल नबोलेको बताए। उनले भदौ २४ गते बिहानैबाट सार्वजनिक, व्यवसायिक, र व्यक्तिगत सम्पतिको दोहन रोक्न बालेनलाई एक मिनेटको भिडियो मात्र हाल्नु भनेर गुहार्दा सामान्य अपील पनि सबै सोत्तर नभएसम्म आएन किन भन्दै प्रश्न गरेका छन्।
ईले बालेनलाई हिपोक्रिसीको ऐनामात्र भएको बताएका छन्।
जवाफमा बालेनले आफू ई:लाई प्रधानमन्त्री बनाउन तयार रहेको भन्दै नयाँलाई मिलाएर आउन प्रस्ताव गरे।
बालेनको प्रस्ताव अस्वीकार गर्दै ई:ले पुन जवाफ फर्काएका छन्। उनले सबैजना एकै छातामुनि आउनैपर्छ भन्ने सोच एकतन्त्रीय भएको टिप्पणी गरे। उनले जलाउनुपर्छ, गाड्नुपर्छ, समाप्त पार्नुपर्छ भन्ने आवेगात्मक र संवाद, सहअस्तित्व, समावेश हुनुपर्छ भन्ने अहिंसक सोच समाजमा प्रवाह गर्ने मानिस वा समूह स्वभाविकरूपले एक कित्तामा आउन नसक्ने जवाफ फर्काए। उनले बालेनको र बालेन समर्थित नयाँ राजनीतिक दल जनजीविका सम्बन्धी र सैद्धान्तिक सवालमा कहाँ उभिन्छ भनेर हेर्न बाँकी नै रहेको धारणा राखे।
उनले अहिलेसम्म शहीद र घाइते परिवारसङ्ग आर्यघाटमा होस् वा अस्पतालमा आँखामा आँखा जुधाउने जुन साहसको अभाव बालेनको देखिएको आरोप लगाए।‘
ईं ‘इनफ इज इनफ’ अभियानका अभियान्ता हुन् । कोरोनाको समयमा ईंले सरकारविरुद्ध ‘इनफ इज इनफ’ अभियान सञ्चालन गरेका थिए। कोभिड महामारीको बेला सरकारविरुद्ध उनी २३ दिन ‘अनसन’ बसेर सरकारसँग १२ बुँदे सहमति गरेका थिए।

























