काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार व्यवहारतः निर्वाचनको पक्षमा नरहेको बताएका छन्। यही असोज २९–३१ गतेदेखि सुरु भएको केन्द्रीय कमिटीको दशौं पूर्ण बैठकको समापन गर्दै उनले निर्वाचन देखाउने दाँत मात्र भएको बताएका हुन् ।
उनले भने,ʻआजको संकटको समाधान गर्न, लोकतन्त्रको रक्षा गर्न, संविधानलाई लिकमा लान पनि प्रतिनिधिसभाको पुनर्स्थापना आजको हाम्रो मुख्य माग हुनुपर्दछ।ʼ
भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ। सरकारले फागुन २१ गते निर्वाचन गर्ने गरी मिति तय गरेको छ। तर एमालेले प्रतिनिधिसभाको पुनर्स्थापनाको माग गर्दै आएको छ ।

























