काठमाडौं । जेनजी अभियन्ता मिराज ढुंगानाले नयाँ राजनीतिक दल खोल्ने घोषणा गरेका छन्। राजधानीको एभरेष्ट होटलमा आज पत्रकार सम्मेलनको आयोजना गरी ढुंगानाले राजनीतिक दल खोलेर अघि बढ्न लागेको बताएका हुन्।
उनले दल खोल्नुको अर्थ निर्वाचनमा जानु मात्र नभएको उल्लेख गरे।
ढुंगानाले प्रत्यक्ष कार्यकारी निर्वाचित कार्यकारीको मुद्दा एउटा बटमलाइन भएको उल्लेख गरे। ‘बटमलाइन पूरा नभइ हामी चुनावमा जाने तयारीमा छैनौं।’ उनले भने, ‘प्रत्यक्ष कार्यकारी निर्वाचित कार्यकारीको मुद्दा हाम्रो एउटा बटमलाइन हो । विदेशमा भएका नेपालीलाई पनि भोट हाल्ने व्यवस्था हुनैपर्छ ।’
उनले जेनजीहरुलाई एक ठाउँमा आउन आह्वान गरे।

























