एमाले महाधिवेशन : मतदान भोलि बिहान ८ बजेबाट हुने
काठमाडौं । नेकपा एमालेको जारी ११औं महाधिवेशनको नेतृत्व चयनका लागि मतदान समय फेरि सरेको छ। मंगलबार साँझ ७ बजेबाट सुरू गर्ने भनिएको मतदान भोलि (बुधबार)का लागि सारिएको हो। केन्द्रीय निर्वाचन आयोगले बुधबार विहान ८ बजेदेखि मतदान हुने जानकारी दिएको छ।