काठमाडौं । नेकपा एमालेको जारी ११औं महाधिवेशनको नेतृत्व चयनका लागि मतदान समय फेरि सरेको छ। मंगलबार साँझ ७ बजेबाट सुरू गर्ने भनिएको मतदान भोलि (बुधबार)का लागि सारिएको हो।
केन्द्रीय निर्वाचन आयोगले बुधबार विहान ८ बजेदेखि मतदान हुने जानकारी दिएको छ। आजै मतदान हुने कार्यतालिकापछि प्रतिनिधिहरू लाइनसमेत बसिसकेका थिए।
अध्यक्षका आकांक्षीद्वय केपी शर्मा ओली र ईश्वर पोखरेल पनि भृकुटीमण्डप पुगिसकेका थिए। तर, विद्युतीय माध्यमबाट हुने भनिएको मतदानमा प्राविधिक परीक्षण गर्नुपर्ने भएकाले मतदान भोलिलाई सारिएको बताइएको छ ।

























