काठमाडौं । चर्चित लोकगायिका ज्योती मगर नेकपा एमालेको महाधिवेशनस्थलमा पुगेकी छिन् । जनजातिहरुको एउटा समूहले उक्त समूदायका उम्मेदवारहरुको समर्थनमा झाँकी प्रदर्शन गरेको थियो । त्यसमा ज्योती पनि उत्साहका साथ सहभागी भएकी छिन् ।
पूर्ण गुरुङलाई जिताउन अपिल गर्दै जुलुस लगाइएको थियो । ‘आयो एमाले आयो, पूर्ण गुरुङ आयो‘’ भन्दै नारा लगाउँदै नाच्नेमा ज्योती पनि दिइन् ।
आफू महाधिवेशनमा उम्मेदवार नभए पनि पूर्ण गुरुङलाई समर्थन गरेको बताउँदै उनले महाधिवेशनमा आउँदा एकदमै रमाइलो लागिरहेको बताइन् ।
ज्योतीले भनिन्, ‘समावेशीताको कुरा छ । युवालाई पुस्तान्तरण गर्नुपर्ने कुरा छ । त्यसकारणले युवा नेता पूर्ण गुरुङ चाहियो ।’
ज्योती एमाले पार्टी प्रवेश नगरे पनि जेनजी आन्दोलनपछि एमाले र केपी शर्मा ओलप्रति सदासयता प्रकट गर्दै आएकी छिन् । ओली जस्तो राष्ट्रवादी, विकासवादी, निडर र वौद्धिक व्यक्तिमाथि राष्ट्रिय–अन्तर्राष्ट्रिय शक्तिहरुले कमजोर बनाउन खोज्नुका पछाडि राष्ट्र र राष्ट्रियतामाथि नै ठूला षडयन्त्र भइरहेको ज्योतिको बुझाइ छ ।




















