काठमाडौं । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनका लागि दुई आयोगका पदाधिकारी र ८ जना केन्द्रीय सदस्यहरू निर्विरोध निर्वाचित भएका छन्। केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनीहरु निर्विरोध निर्वाचित भएका हुन् ।
एमालेको खुला केन्द्रीय सदस्यमा खुला युवा क्लस्टर दुई जनाको कोटा छुट्याइएको थियो । जसमा नरेश रोकाया र सुशील थापाको मात्रै उम्मेदवारी परेपछि उनीहरु निर्विरोध बने । त्यस्तै, मधेशी युवा क्लस्टरमा अमर कुमार यादव र मुस्लिम महिलातर्फ खाजिदा खातुन सिद्धकी निर्विरोध निर्वाचित भए।
यसैगरी अनुशासन आयोग र लेखा आयोगका अध्यक्ष, उपाध्यक्ष र सचिव पद निर्विरोध भएको हो ।
अनुशासन आयोगको अध्यक्षमा प्रा.डा. भरतराज पहाडी, चक्रबहादुर पराजुली, राजेन्द्र घिमिरे निर्विरोध हुनुभएको छ । लेखा आयोगको अध्यक्षमा डा.पुष्पराज कँडेल निर्विरोध बने। यसअघि पनि लेखा आयोगमा कँडेल नै थिए । त्यस्तै, उपाध्यक्षमा घनेन्द्र राज घिमिरे र सचिवमा ईश्वरी प्रसाद खरेल निर्विरोध भए ।
खुला केन्द्रीय सदस्य – युवा
१ नरेश रोकाया
२ सुशील थापा
मधेशी – युवा
१ अमर कुमार यादव
मुस्लिम (महिला)
१) खाजिदा खातुन सिद्धकी
श्रमिक महिला
१) कमला देवी तामाङ
२) सिता लामा
पिछडिएको क्षेत्र (महिला)
१) बदमी क्वाँरी बुढा (बोहरा)
प्रवास (दक्षिण एसिया)
१) हरि प्रसाद घिमिरे
अनुशासन आयोग
अध्यक्ष–प्रा.डा. भरतराज पहाडी
उपाध्यक्ष–चक्रबहादुर पराजुली
सचिव–राजेन्द्र घिमिरे
लेखा आयोग
अध्यक्ष–डा. पुष्पराज कँडेल
उपाध्यक्ष–घनेन्द्र राज घिमिरे
सचिव–ईश्वरी प्रसाद खरेल

























